अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
काठमाडौं । सन् २०२६ को ‘महिला अफ्रिका कप अफ नेसन्स’ मा १६ टोलीहरूबीच प्रतिस्पर्धा हुँदैछ ।
सन् २०२७ को महिला विश्वकपमा स्थान बनाउने अवसर र महादेशीय श्रेष्ठताको होडका लागि १६ राष्ट्र भिडन्तमा उत्रनेछन् । मोरक्कोमा हुने यस प्रतियोगिताको खेलहरू भोली आइतबारबाट सुरु हुँदैछन् । वास्तवमा यो प्रतियोगिता तोकिएको समयभन्दा चार महिना ढिलो गरी सुरु हुन लागेको हो।
जसअनुसार नाइजेरियाले एक वर्षअघि जितेको उपाधि रक्षा गर्ने प्रयास गर्नेछ भने घाना, जाम्बिया र मोरक्को पनि प्रतियोगिताका प्रमुख दाबेदारहरू मध्ये पर्छन्। जाम्बियाका राचेल कुन्डानान्जी र बार्बरा बान्डा, नाइजेरियाकी रसिदात अजिबादे तथा मलावीका चाविङ्गा दिदीबहिनी ताबिथा र तेम्वाजस्ता चर्चित खेलाडीहरूको सहभागिता रहने भएकाले यस प्रतियोगितामा विश्वस्तरीय प्रतिभाको कुनै कमी हुनेछैन।
वाफकोन २०२६ का बारेमा जान्नुपर्ने सम्पूर्ण जानकारीः
कन्फेडेरेसन अफ अफ्रिकन फुटबलको ‘वुमेन्स अफ्रिका कप अफ नेसन्स २०२६’ आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा अल्जेरियाले सेनेगलको सामना गर्नेछ भने सोही दिन आयोजक मोरक्कोले केन्याको सामना गर्नेछ। २२ दिनसम्म चल्ने यस प्रतियोगिताको फाइनल खेल अगस्ट १६ मा रबातमा खेलिने छ।
जसअनुसार समूह चरणको खेल जुलाई २६ देखि अगस्ट ६ सम्म, क्वाटरफाइनल अगस्ट ८ र ९ मा, सेमिफाइनल अगस्ट १२मा, प्ले अफ अगस्ट १३ मा र फाइनल अगस्ट १६मा खेलिनेछ । प्रतियोगिताभर खेलहरू मोरोक्कोको स्थानिय समय अनुसार साँझ ५ बजे र ८ बजे सुरु हुनेछ भने तर फाइनल खेल भने साँझ ७ः०० बजे हुनेछ।
वाफकोन सामान्यतया हरेक दुई वर्षमा आयोजना गरिन्छ तर व्यवस्थापकीय कारणले गर्दा २०२४ को संस्करणलाई एक वर्ष पछाडि सार्दै जुलाई २०२५ मा पुर्याइएको थियो, जसले गर्दा प्रतियोगिताहरूबीचको अन्तराल सामान्यभन्दा कम हुन पुगेको हो ।
सुरुमा यो प्रतियोगिता मार्च १७ देखि अप्रिल ३ सम्म आयोजना हुने तय गरिएको थियो तर प्रतियोगिता सुरु हुनुभन्दा १२ दिनअघि मात्रै केही अप्रत्याशित परिस्थिति का कारण यसलाई स्थगित गरिएको घोषणा गरिएको थियो, जुन प्रतियोगता अब भोलीवाट सुरू हुनेछ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

