नेपालको एेतिहासिक जित, एएफसी सोलिडारिटी कप नेपालले जित्यो
जानकारी केन्द्र
२०७३, कार्तिक, ३०
नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको छ।
सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ।
मंगलबार भर्खरै सम्पन्न खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ। मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो।
पानीले ओसिलो भएको मैदानमा कुनै पनि समय मकाउले पुनरागमन गर्न सकेन्। नेपालका लागि २९ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोलको अग्रता दिलाए। जुन पछि निर्णायक गोल बन्न पुग्यो।
उनलाई स्ट्राइकर भरत खवासले डिबक्सबाट क्रस पास दिएका थिए। सुजलले हेडिङमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमै १–० गोलको अग्रता लिएको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

