चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
बेइजिङ । एआईको बढ्दो लहरका बीच चीनको चिप निर्माण क्षेत्रको नाफा पहिलो छ महिनामा २,५०० प्रतिशतले बढेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोको तथ्याङ्क (एनविसी) अनुसार सन् २०२६ को पहिलो ६ महिनामा कृत्रिम बुद्धिमत्ता र कम्प्युटिङ क्षमताको अभूतपूर्व मागका कारण चीनका प्रमुख चिप निर्माताहरूको नाफामा २,५७९.५ प्रतिशतको आश्चर्यजनक वृद्धि देखिएको छ।
एनविसी अन्तर्गत औद्योगिक तथ्याङ्क हेर्ने विभागका प्रमुख तथ्याङ्कविद् यु वेइनिङका अनुसार, विभिन्न क्षेत्रमा एआइको तीव्र एकीकरणले कम्प्युटिङ क्षमताको ठूलो माग सिर्जना गर्यो, जसले गर्दा नाफामा यो भारी वृद्धि भएको हो।
युका अनुसार कम्प्युटिङको मागले समग्र इलेक्ट्रोनिक्स उद्योगको नाफालाई पनि वार्षिक आधारमा ९७ प्रतिशतले बढाएको छ । उनले कुल औद्योगिक नाफाको तीव्र वृद्धिका लागि इलेक्ट्रोनिक्स क्षेत्र पनि एक मुख्य कारक रहेको बताए।
यस अवधिमा, चीनका प्रमुख औद्योगिक उद्यमहरूअर्थात् वार्षिक २० मिलियन युआन अर्थात २.९ मिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएका कम्पनीहरूको नाफा १८.७ प्रतिशतले बढेर ४ ट्रिलियन युआन पुगेको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

