कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू-भाग केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
देशका पहाडी भू-भागका एक दुई स्थान तथा लुम्बिनी प्रदेशको तराई भू-भागको एक- दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

