नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
काठमाडौं । लिपमोटरको बहुप्रतिक्षित विद्युतीय एसयूभी बी०३एक्स नेपाल आइपुगेको छ । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यस नयाँ ईभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
इन्टेलिजेन्ट अर्बन मोबिलिटीको आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बी०३एक्सले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको बताइएको छ । यस एयूभीमा यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको प्रभावकारी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।
५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको यस एसयुभी सुरक्षाका दृष्टिल समेत अब्बल रहेको छ । यसमा एडास लेभल २ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार, विश्वव्यापी रूपमा मासेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ । चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए ।
विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


