एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, वितरणयोग्य मुनाफा तथा सञ्चालन आम्दानीमा सुधार भएको जनाएको छ। समीक्षा अवधिमा बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ८४ करोड रुपैयाँको तुलनामा ४.७५ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य वृद्धि हुँदै ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ। यस्तै, खुद फी तथा कमिशन आम्दानी १ अर्ब ५३ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले बढेर ११ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षकै हाराहारीमा रहेको छ। यद्यपि, वितरणयोग्य मुनाफा १२.९८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी भने ३७.३९ रुपैयाँबाट घटेर ३६.९५ रुपैयाँमा झरेको छ। त्यस्तै, खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.३६ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको कर्जा लगानी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। साथै, निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

