विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा मंगलबार विशेष औपचारिक कार्यक्रमबीच स्पेसल प्यानल अफ गेस्टबाट एक्स्पोको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने साझा प्लेटफर्म भएको बताइन् । उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेको र नयाँ लगानी भित्र्याउन समस्या भइरहेको भन्दै निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले व्यवसायीले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताए । उनले ब्रान्डहरूलाई बिक्रीपछिको सेवामा विशेष ध्यान दिन सुझाव दिए ।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक महत्वबारे धारणा राखे । अध्यक्ष श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्वको स्रोतका रूपमा मात्र हेरेको गुनासो गर्दै यसलाई विलासी नभई आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने बताए । नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर रहेको उल्लेख गर्दै उनले निजी क्षेत्र लगानीका लागि तयार रहेकाले स्थिर नीति र लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले विद्युतीय सवारीसाधनका लागि पनि स्थिर नीति आवश्यक रहेको बताए । त्यसैगरी सीएनआई अध्यक्ष पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व योगदान गर्ने क्षेत्र भएकाले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । चेम्बर अध्यक्ष अग्रवालले मोबिलिटी यातायातमा मात्र सीमित नभई आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको बताए । उनका अनुसार यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिसहित विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा अन्तरसम्बन्धित छ ।
एक्स्पोको पहिलो दिनमै विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् भने २९ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन् । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ । पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing – Fuel for Economic Growth’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य प्यानलिस्टका रूपमा सहभागी थिए । मंगलबारको Learning Session मा मात्रै तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसै क्रममा ग्रान्डी इन्टरनेसनल हस्पिटलले ‘Basic Life Support and Immediate Care After Road Traffic Accidents’ विषयमा जानकारीमूलक विशेष प्रस्तुति पनि दिएको थियो ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । ६ दिनसम्म सञ्चालन हुने एक्स्पो साउन ३१ गतेसम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएकाले विद्युतीय तथा नयाँ प्रविधिमा आधारित मोबिलिटी एक्स्पोको मुख्य आकर्षण बनेको बताइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जासमेत उपलब्ध गराइरहेका छन् । एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक, रेडबुल पावर्डबाई, बैंकिङ पार्टनर एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन् ।
एक्स्पोमा विभिन्न क्षेत्रका संस्थाहरूले समेत साझेदारी गरेका छन् । टेक्नोलोजी पार्टनरका रूपमा BOSCH, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स, राइड पार्टनरमा पठाओ नेपाल, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को रहेका छन् । त्यस्तै को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स तथा पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया रहेका छन् । विभिन्न ब्रान्ड, सरकारी तथा निजी क्षेत्र, वित्तीय संस्था, विज्ञ र सर्वसाधारणलाई एउटै मञ्चमा जोड्दै एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रलाई दिगो, सुरक्षित, हरित र प्रविधिमैत्री दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

