प्रहरी र तस्करबीच गोली हानाहान, एक घाइते
काठमाडौं २६ मंसिर । तस्कर र प्रहरीबीच डेउढाकलाको जंगलमा शनिबार दोहोरो गोली हानाहान भएको छ। जुम्लाको चन्दननाथ मूर्ति चोरी भएको घटनामा अनुसन्धानमा खटिएको सुरक्षाकर्मीको टोली र तस्करबीच दोहारो गोली हानाहान भएको हो।
मुर्ती चोरी गरी त्यस क्षेत्रमा ल्याएको आंशकामा क्षेत्रीय अनुसन्धान टोली र सिआईबिको टोलीले जंगल सर्च गर्ने क्रममा तस्करले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेको प्रहरीले बताएको छ ।
प्रहरीको जवाफी कारबाही एक जना तस्करलाई घुँडामा गोली लागेको क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले बताए। ‘जंगलमा विचमा तस्करले प्रहरीलाई लक्षित गरी गोली हान्यो,’ उनले भने, ‘त्यसक्रममा दोहोरो गोली हानाहान भएको हो।’
प्रहरीतर्फ सामान्य घाईते भएको बताईएको छ। तस्कर समुहका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। तस्करबाट एउटा बुद्ध मुर्ति पनि प्रहरीले बरामद गरेको छ। गोली हानाहान भएपछि त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ। दोहोरो गोली हानहानपछि उक्त सडकखण्ड केही समय अबरुद्ध भएको थियो । घटनापछि स्थानीय त्रसित भएका छन्।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


