धार्मिक क्षेत्रकोे विकास मेरो विशेष पहल हुने ः राज्यमन्त्रि बनिया
रबिन्द्र यादव र परासी, ३ पुष
संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भयो । भगवान गौतम बुद्धको अस्ट धातु भएको रामग्राम स्तुप, बुद्धको मावली घर रहेको देवदह एवं लुम्विनीसंग जोडेर बुद्ध सर्किट समेत बनाउनमा राज्यमन्त्री बानियाले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल गजेन्द्रमोक्ष धाम त्रिवेणी, दाउन्ने मन्दिर, मौलाकालिका, पालीभगवती मन्दिर, महलपोखरी नन्दन ताल, मदारबाबा स्थान लगातएका धार्मिक एवं प्रर्यटकिय स्थलहरुको विकास तथा प्रवर्धनका लागि आफँुले बिषेश पहल गर्ने बताउनु भएको छ ।
जिल्लाको सुनवलमा संचालीत औद्योगि व्यपार मेलाको समापन कार्यक्रममा राज्यमन्त्रि बानियाले, स्थानिय उद्योगी तथा ब्यापारीहरुको प्रर्वधनमा सहयोग पुगेको भन्दै खुलेर प्रसंसा गर्नु भएको थियो । निजि क्षेत्रसंगको सहकार्यवाट नै देशको अर्थतन्त्र माथि उठ्न सक्ने भएकाले सरकार निजिक्षेत्रसंग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।
गत मंसीर २३ गते देखी सुनवलमा संचालीत तेस्रो नवलपरासी औधोगीक एवं ब्यापार मेला आज आईतवार समापन भएको छ । मेलाको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्रि बानियाले अहिलेको प्रदेश नम्वर ५ लाई अखण्ड राख्ने विषयमा भएको बन्द र त्यसका वारेमा बन्द आवाहन कर्तालाई सहमति, सहकार्य र छलफलको माध्यामवाट संसदवाट नै समाधान खोज्न आवाहन गर्नु भयो । फुटेज छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


