सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने व्यक्तिहरुलाइ प्रहरीले यसरि समात्यो
जानकारी केन्द्र
२०७३, माघ, १५
काठमाडौं, १५ माघ
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने कार्यमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एक्सिस ओभरसिज गौशालाका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ कपन बस्ने ३२ वर्षीय सुदर्शन खड्का, ओख्तुहाङग टुर एण्ड ट्राभल्सका संचालक काठमाडौं जोरपाटी बस्ने सुनसरी हासपोसा गाविस–२ का ३५ को जिवन जिमी राई र सो ट्राभलमा काम गर्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण वाग्ले रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा दुबई लगायतका बिभिन्न देश पठाइदिन्छु भनि प्रलोभनमा पारी खड्काले निज राई र निजका कर्मचारी वाग्लेसँग मिली पीडितको बिवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई पीडितलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानबाट खुल्न आएको छ ।
साथै ओख्तुहाङग टुर एण्ड ट्राभल्सको कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगोहरु तथा कागजातहरु समेत प्रहरीले फेला पारेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

