ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता,
जानकारी केन्द्र
२०७३, माघ, १६
काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच अन्तर्रा्ष्ट्रिय आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति भएको छ।
दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा आईएसलगायत सिरियामा सक्रिय अरु आतंकवादी समूहविरुद्ध संघर्ष गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ।
कुराकानी सकारात्मक र रचनात्मक भएको भन्दै विज्ञप्तिमार्फत क्रेमलिनले व्यापारमा पारस्परिक हित हुने गरी काम गरिनेमा पनि जोड दिइएको उल्लेख गरेको छ।
ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको कुराकानी सम्बन्ध सुधारमा महत्वपूर्ण सुरुवात भएको जनाएको छ।
उनीहरु सम्पर्कमा रहने र छिट्टै भेटवार्ता हुने जनाइएको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले पुटिनसँग मिलेर काम गर्ने बताएका थिए।
गत जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका ट्रम्पले जापान, जर्मनी, फ्रान्स र अष्ट्रेलियाका नेताहरुसँग पनि टेलिफोन कुराकानी गरेका छन् । (एजेन्सीको सहयोगमा)
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

