Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, ३
म्यान्चेस्टर सिटी दोस्रो स्थानमा

काठमाडौं, ३ फागुन।

बर्नमाउथलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई उसैको मैदानमा २–० ले हरायो। खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले पहिलो गोल गरेभने बर्नमाउथका टाइरोन मिङ्सले एक आत्माघाति गोल गरे।

जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । २६ खेलबाट उसको ५२ अंक भएको छ।

६० अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपर र चौथो स्थानको आर्सनलको समान ५०/५० अंक रहेको छ। एजेन्सीको सहयोगमा

Top Changing Nepal

युट्युब सट्स