Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सहिद गोविन्द गौतमको परिवारलाई एमालेको ५ लाख सहयोग, छोरीलाई ल्याप्टप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ४
सहिद गोविन्द गौतमको परिवारलाई एमालेको ५ लाख सहयोग, छोरीलाई ल्याप्टप

विष्णू जोशी/व्युरो समाचार

ने क पा(एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

मेची–महाकाली अभियानअन्तर्गत बिहीबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ लाखको चेक र ल्याप्टप पार्टीका जिल्ला अध्यक्ष तारालामा तामाङमार्फत गौतमको परिवारलाई हस्तान्तरण गरेका हुन् । सचिव योगेश भट्टराईका अनुसार गौतमको परिवारलाई ५ लाख सहयोग र उनका छोरीका लागि एमालेले ल्यापटप हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै एमाले अध्यक्ष ओलीले उक्त घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको जानकारी गराए । ओलीले गौतमका छोराछोरीको शिक्षाका लागि राज्यले केही नगरे एमालेले पढाइदिने आश्वासन पनि दिए । गौतम गत फागुन २६ गते पुनर्वासको आनन्द बजारमा एसएसबीको गोलीबाट मारिएका थिए

naima expoTop Changing Nepal

युट्युब सट्स