स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि रहेको रौतहटमा सघन निशुल्क स्वास्थ्य शिविर शुरु
जानकारी केन्द्र
२०७३, चैत्र, ८
रौतहट । ८ चैत्र ।
स्वास्थ्य मन्त्रालयको आयोजन तथा नेपाली सेनाको सहकार्यमा पहिलो पटक रौतहटको गौरमा सघन निशुल्क स्वास्थ्य शिविर मंगलवार देखि शुरू भएको छ ।
महिलाहरुमा देखिने पाठेघरको समस्या तथा पुरुषहरुमा हुने हाइड्रोशील, हर्निया, फिस्टुला, बाबासिर,भगन्दर रोगको शल्यक्रिया गरी नियंत्रण गर्ने उद्देश्यले शिविरको आयोजन गरिएको डा. उदय बज्राचार्यले बताएका छन । विहान ८ बजेबाट शुरु भएको शिविरमा स्वास्थ्य परिक्षण गराउन आउने सर्वसधारणहरुको ठुलो भिड लागेको छ ।
स्वास्थ्यको क्षेत्रमा पछाडि परेको कारण रौतहतलाई नै सरकारले छनौट गरी शिविर सञ्चालन गरेको डा. बज्राचार्यले बताए । ५ सय जनालाई शैल्यक्रिया गर्ने लक्ष्य रहेपनि आवश्यकता अनुसार संख्या बढाउन सकिने उनको भनाइ रहेको छ । जिल्ला अस्पताल र व्यारेक मैदानमा लगाइएको शिविरमा ऑपरेशन भईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


