Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

फेरि पनि प्रधानमन्त्री बन्ने कुनै चाहना छैन : अोलि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १३
फेरि पनि प्रधानमन्त्री बन्ने कुनै चाहना छैन : अोलि

काठमाडौं, १२ चैत्र। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि प्रधानमन्त्री बन्ने कुनै चाहना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार र प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री बन्ने चाहना नभएको दाबी गरे। ओलीले भने, ‘मलाई प्रधानमन्त्री हुने पटक्कै मन छैन।’ यद्धपी उनले अब बन्ने सरकारले १० वर्षभित्र नेपाल बनाउने गरी काम गर्ने विश्वास व्यक्त गरे। उनले अब बन्ने सरकार एमाले नेतृत्वमा हुने दाबी समेत गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालको विकास गर्न इच्छाशक्तिमात्रै भए पुग्ने दाबी गर्दै भने, ‘म प्रधानमन्त्री हुँदा विकास गर्न पैसा नचाहिने अनुभव गरें, खाली योजनामात्रै बनाउन आवश्यक छ ।’

प्रा.डा भीष्मराज प्रसाईद्वारा लिखित ‘आफैंलाई फर्केर हेर्दा’ पुस्तक विमोचनमा वरिष्ठ चिकित्सक भोला भोला रिजाल, हालै राजदूतमा सिपाmरिश बनेकी सर्मिला पराजुलीलगायतको सहभागिता रहेको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स