Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

नवलपरासीको ४ क्लिनिकहरु शिलबन्द्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, २३
नवलपरासीको ४ क्लिनिकहरु शिलबन्द्धि

रबिन्द्र यादव, नवलपरासी २३ चैत्र ।

जिल्ला जनस्वाथ्य कार्यालय नवलपरासीले गरेको अनुगमनको क्रममा चार क्लिनिकहरुमा शिलबन्द्धि गरेको छ । अनुमतिविना औषधि पसलहरुमा क्लिनिक सञ्चालन गर्दा तिनिहरुमा सिलबन्द्धि गरीएको छ । हिजो जिल्ला जनस्वाथ्य कार्यालय नवलपरासीले गरेको अनुगमनमा गैडाकोट को अन्नपुर्ण मेडिकलहल र रंजिता मेडिकलहल सेन्टर कावासोती को संजिवनि मेडिकल हल र मनकामना हेल्थ केयर सेन्टर प्रालि मा शिलबन्द्ध गरेको छ ।

औषधि पसलहरुमा ल्याब टेष्ट, विरामी भर्ना, परामर्श सेवा, शैल्यक्रिया भ्हउष्चभ औषधि र एक्सरे लगायत अन्य सेवा दिदै आएकोमा तिनिहरु लाई सिल गरीएको थियो । नवलपरासीको गैडाकोट देखि कावासोति सम्म गरीएको स्वाथ्य संस्थाहरुको अनुगमनमा गैडाकोट नगरपालिकाको गैडाकोट पोलिक्लिनिक, अन्नपुर्ण फार्मेसी, संयुक्त फार्मेसी, रंजिता मेडिको सेन्टर, न्यु सदिक्षा उपचार केन्द्र, पौडेल मेडिकल हल, सिता मेडिकल हल र आशिष मेडिकल हल गरी ८ वटा देवचुली नगरपालिकाको रजहर फार्मेसी, भविष्य पोलीक्लिनिक, केउरानि दिव्य पोलिक्लिनिक एण्ड डाईगोनेसिस सेन्टर र एक चश्मा पसल गरी ४ वटा र कावासोति नगरपालिकाको संजिवनि मेडिकल हल, एल.जि. फार्म, लुम्बिनि फार्मेसी, मनकामना हेल्थ केयर प्राली, आयु मेडिकल हल र एउटा विना नामको गरी ६ वटा स्वास्थ्य संस्थाहरुमा अनुगमन गरीएको थियो । यसरी १८ वटा स्वास्थ्य संस्थामा गरीएको अनुगमनमा ४ वटा शिलबन्द्ध, ६ वटामा आवश्यक सुझाव सल्लाह दिइएको थियो भने ८ वटा नियमानुसार सञ्चालन भएको जिल्ला जन स्वास्थ्य कार्यालय नवलपरासीको निजि स्वास्थ्य संस्थाका फोकल पर्सन अमृत कन्डेल ले बताउनु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महत्तो को अध्यक्ष्तामा गएको अनुगमन टोलीमा घरेलु तथा सना उद्योग नवलपरासीका प्रमुख नन्दलाल पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुनिल कहांर, उपभोक्ता हकहित संरक्ष्ण मंचका प्रतिनिधि हरी प्रसाद यादव र सञ्चारकर्मिहरुको संयुक्त सहभागिता रहेको थियो ।jankarikendra deep jankari kendra 2

Top Changing Nepal

युट्युब सट्स