राप्रपाका मन्त्रीहरु सरकार बाहिर , सरकारलाई दिएको समर्थन कायमै
जानकारी केन्द्र
२०७४, बैशाख, १९
सत्तारुढ दल राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट सम्पूर्ण मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । यद्धपी राप्रपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ ।
पार्टीका नेताहरुको दबावका बीच राप्रपाले यस्तो निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा शीर्ष नेताहरुवीच तिव्र असन्तुष्टि देखिएको थियो । पार्टी अध्यक्ष कमल थापा स्वयमले हिजो नै उक्त निर्ण यको विरोध जनाएका थिए ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा राप्रपाका एक नेताले संशोधन प्रस्तावलाई यथास्थितिमा पारित गर्ने र निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने शर्तमा राप्रपाले अहिले सरकारलाई दिएको समर्थन कायम राख्नुे निर्णय गरेको जानकारी दिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

