Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, १३
प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

काठमाडौं, जेठ १३।  त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चलको टिमलाई ८ विकेटले हराउँदै आर्मी समूह बी बाट सेमिफाइनलमा पुगेको हो ।

५१ रनको लक्ष्य आर्मीले ६ ओभर ३ बलमा भेट्टायो । उसका लागि विनोद भण्डारीले २० तथा अनिल मण्डलले १० र सागर पुनले १० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूुरपश्चिमाञ्चलले २२ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ।

उसका लागि बसन्त खत्रीले २० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । समूहचरणको अन्तिम खेलमा आइतबार आर्मी र नेपाल पुलिस क्लब खेल्नेछन् । पुलिस पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स