Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

ढुक्क भएर मतदान गर्न ,निर्वाचन आयोगको अपील

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १४
ढुक्क भएर मतदान गर्न ,निर्वाचन आयोगको अपील

स्थानिय तह दोस्रो चरणमा निर्वाचन अन्र्तगत आज मतदान हुँदैछ । अहिले बिहान ७ बजे मतदान सुरु भएको छ भने बुलुका ५ बजेसम्म मतदान जारी रहनेछ । लाइन बसिसकेकाले अबेरसम्म पनि मतदान गर्न पाउने छन् ।

कोही पुग्ने क्रममा छन् । तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ निर्वाचन आयोगले मतादातालाइ ढुक्क भएर मतदान गर्न अपिल गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स