यसरी भयो साझा पार्टी र विवेकशील नेपाल दल एकीकरण
जानकारी केन्द्र
२०७४, श्रावण, ११
काठमान्डाैं ,
साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्।नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्।
एकीकृत नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी तय गरिएको छ। हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ। सम्झौताअनुसार दुवै पार्टीबाट १७(१७ गरी ३४ जनाको केन्द्रीय समिति गठन गरिएको छ। नयाँ पार्टीमा प्रत्येक प्रदेशबाट कम्तिमा १(१ जना प्रदेश संयोजक रहनेगरी ७ जना सदस्य केन्द्रीय समितिमा रहनेछन्। केन्द्रीय समिति विस्तार गरी महाधिवेशनसम्ममा ५१ जनासम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ।
पार्टी सञ्चालनका लागि दुवै पार्टीबाट ४(४ जना रहेनगरी एउटा संयोजन समिति निर्माण गरिएको छ। समितिमा दुई सहसंयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापा रहनेछन्। पार्टीका बैठहरुको अध्यक्षता रवीन्द्र मिश्रले गर्नेछन्। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।
थप केन्द्रीय सदस्यहरुमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला छन्। बाँकी ४ जना केन्द्रीय सदस्य पछि थपिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


