रेड कार्ड र प्रतिबन्ध अत्याचार हो – रोनाल्डो
जानकारी केन्द्र
२०७४, भाद्र, १
काठमाडौं, १ भदौ । रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय अत्याचार रहेको बताएका छन् ।
रोनाल्डोमाथि स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिने क्रममा रेफ्रीलाई धकेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
आइतबार राति भएको बार्सिलोनासँगको खेलमा पाएको रातो कार्ड विरुद्ध रोनाल्डोले अपिल गरेका छन् । रोनाल्डोले रातो कार्ड विरुद्ध अपिल गरेपछि आफ्नो इन्स्टाग्राममा गरेको पोस्टमा आफूलाई रेड कार्ड दिने र थप चार खेलको प्रतिबन्ध लगाउने निर्णय हाँस्यास्पद र अत्याचार पूर्ण रहेको उल्लेख गरेका छन् ।
रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध
दोहोरो पहेँलो कार्डका कारण रोनाल्डोमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको हो । यस्तै मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो ।
रोनाल्डोले गोल गरेर त्यसको सेलिब्रेसनका लागि जर्सी फुकालेकाले पहिलो पहेँलो कार्ड पाएका थिए । त्यसको केही मिनेटपछि स्यामुएल उमटिटीसँगको ट्याकलका लागि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । ३२ वर्षका रोनाल्डोले आउँदो बुधबार राति भएको दोस्रो लेग गुमाइसकेका छन् ।
रोनाल्डोको अपिल खारेज भएमा उनले स्पेनिस ला लिगा तथा अरु घरेलु प्रतिस्पर्धाका चार खेल गुमाउने छन् । तर उनले च्याम्पियन्स लिगका खेल भने खेल्न पाउने छन् । प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डो सेप्टेम्बर २० मा रियल बेटिससँगको खेलमा मात्रै मैदानमा हुनेछन् ।
प्रतिबन्ध कार्यान्वयन भएमा रोनाल्डोले ला लिगाको नयाँ सिजनका चार खेल गुमाउने पर्नेछ । उनले डिप्रोटिभो ला कोरुना, भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाडसँगको खेल गुमाउने सम्भावना छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

