क्यान कमटेक २०१७ आयोजना हुने
जानकारी केन्द्र
२०७४, भाद्र, ९
काठमाण्डौ ।
यही भदौ २९ गतेदेखि असोज १ सम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा क्यान कमटेक २०१७ आयोजना हुने भएको छ ।
इन्फरमेसन कम्यूनिकेशन र टेक्नोलोजी प्रर्दशनी कमटेकका बारेमा मंगलबार पत्रकार संमेलन गरि जानकारी दिएको हो । प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनिहरुको सहभागिता रहने छ । सुबिसु क्यान कमटेकमा २०१७ मा सानो ठूलो गरि जममा ८७ वटा स्टलहरु रहनेछन् । मेलामा इन्टरनेट सेवा प्रदायक टेलिकम्युनिकेशन, कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज लगायतको स्टल रहने छ । त्यसैगरी डिलर, डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।
प्रदर्शनीमा सेक्यूरिटि सोलुसन्स कम्पनीहरुका लागि छुट्ै पेभिलियनको व्यवस्था गरिने आयोजकले जनाएको छ । सुविसु क्यान कमटेकमा अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० र कलेज तथा स्कुलका विधार्थीहरुहरु सम्बन्धि कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा बिषेश छुटको व्यवस्था गरेको छ । २ लाख भन्दा बढि अवलोकनकर्ताहरु आउने आयोजकको अपेक्षा छ । साथै क्यान महासंघको सबै जिल्ला शाखा प्रतिनिधिहरु समेत सहभागि हुनेछन् ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

