ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जानकारी केन्द्र
२०७४, भाद्र, १६
भदौ १६, रुपन्देही । रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट पाल्पाको तानसेन ६ का २७ वर्षका रुकबहादुर थापाको मृत्यु भएको हो ।
बा ६४ प ६३८४ नम्बरको मोटरसाइकलमा सवार थापालाई लु १ ख ९८७२ नम्बरको ट्रकले ठक्करदिएपछि विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको हो ।
ठक्करपछि गम्भीर घाइते भएका थापाको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

