गोरखामा आठौँ लिगलिगे दौडको तयारी तीव्र
जानकारी केन्द्र
२०७४, भाद्र, १६
मनोज पराजुली/भदौ १६, गोरखा ।
विगत आठ वर्षदेखि गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडी बढेको छ ।
ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज ९ गते गर्ने तयारीमा लागि परेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए ।
लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले बताए । उनले सरकारले ऐतिहासिक लिगलिगकोटलाई वेवास्ता गरेको कारण हरेक वर्ष दाता खोजेर दौड प्रतियोगिता आयोजना गर्न असहज भएको बताए । उनले आवश्यक तयारी पुरा भएपछि पत्रकार संम्मेलन गरेर लिगलिगे दौडको विस्तृत जानकारी गराउने तयारी भैइरहेको समेत बताए ।
बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । गोरखाको इतिहास जगेर्ना गर्न बिगत आठ वर्ष देखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर दौड प्रतियोगिता गरिँदै आएको छ ।
दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोट पुग्छ राजा घोषणा गरिने परमपरा छ ।
दौडमा प्रथम हुनेले श्रीपेच सहित नगद प्राप्त गर्नेछन् । त्यस्तै महिलाहरुको खुल्ला र लिगलिगबासीका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि गरिँदै आएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

