अनुराग बनाउदै एलिजा
जानकारी केन्द्र
२०७४, भाद्र, २१
काठमान्डाैं,
मोडल तथा समाजसेवि एलिजा गाैतमले अब अाफै फिल्म निमार्ण गर्न लागेकि छन । एरिका फिल्म प्रोडक्सन प्रा.लि. मार्फत निर्माण हुन लागेकाे फिल्म ‘अनुराग’ को बारेमा जानकारी दिन बुधवार लाजिम्पाट स्थित सांग्रिला होटलमा पत्रकार सम्मेलनको अायोजना गरिएको थियो ।
उत्त फिल्मको निर्देशन निर्देशक सत्यराज चाैहानले गर्ने भएका छन भने छायांकन राम कुमार के सि को रहने छ । यस्तै बन्न लागेको फिल्म ‘अनुराग’ को म्युजिकमा तारा प्रकाश लिम्बु र सराेज पाेख्रेल रहेका छन । यसरिनै फिल्मको लेखन सत्यराज चाैहान, अज्ञात केसि र किरण दाहालले गरेका छन । म्युजिकल लभ स्टोरीमा अाधारित रहेर बन्नलागेको फिल्म ‘अनुराग’ फरक शैलिको समसायिक विषय बस्तु लाइ समेटेर निर्माण गर्न लागेकोले यो फिल्म निकैनै चर्चित हुनेमा निर्माता तथा कलाकार हरू अाशावादी छन । ‘अनुराग’ फिल्मकाे नायकमा दिपक घिमिरे को भुमिका रहने छ भने नयिकाकाे भुमिकामा एलिजा गाैतम छिन ।
कार्यक्रममा चर्चित कलाकार हरू सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारहरूका साथै चर्चित पत्रकार ऋषि धमला लगायतका चर्चित व्यत्तित्वहरूको उपश्तिति रहेकाे थियो । एलिजा गाैतम चर्चित पत्रकार ऋषि धमला कि श्रीमती हुन । एलिजाले सो कार्यक्रममा बोल्दै अाफुले नेपालि फिल्म लाइ निकै मायाँ गर्ने र नेपालि फिल्म क्षेत्रमा केहि योगदान गरेर नेपालि फिल्म क्षेत्रलाइ माथि उकास्न मद्दत गर्न को लागि यो क्षेत्रमा प्रवेश गरेको बताएकि छन । यस्तै चर्चित पत्रकार ऋषि धमलाले कतिपय हिरोनिहरूले बिबाह गरे पछि या बच्चा जन्मे पछि फिल्म क्षेत्र बाट बाहिरिने परिपाटि रहेकाे संन्दर्भमा त्यसको ठिक बिपरित २ वट बच्चाकि अामा बनि सकेकि एलिजा फिल्म क्षेत्रमा प्रवेश गर्नुले फिल्म क्षेत्रमा एउटा सकारात्मक संन्देश जाने बताउदै यसको श्रेय अाफ्ना ससुरा भरत गाैतम र गिता देवि गाैतम लाइ जाने बताए । परिवारको फिल्म क्षेत्रलाइ हेर्ने सकारात्मक सोच भएकै कारण एलिजा यो स्थान अाएको बताउदै उनले थप स्पष्ट पार्दै भने एलिजाको सकारात्मक कदम प्रति म जुन सुकै तवर साथ र सहयोग गर्न तयार छु ।
यस्तै ‘अनुराग’ फिल्मका नायक दिपक घिमिरेले यो अाफ्नोलागि राम्रो अवशर भएकोले यस फिल्म बाट अाफुले निकै चर्चा बटुल्नेमा विश्वस्त रहेको बताएका थिए ।यसै गरि सो कार्यक्रमामा बोल्दै नायक सरोज खनाल तथा निर्मल शर्माले फिल्मको सफलताको लागि शुभकामना व्यत्त गरेका थिए ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु





