Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

ट्याक्सीमा जडान हुने भन्सार छलि ल्याएका मिटर सहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २७
ट्याक्सीमा जडान हुने भन्सार छलि ल्याएका मिटर सहित पक्राउ

काठमाडौं,
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरबाट ‘इजि वे इलेक्ट्रोनिक इन्टरप्राइजेज’को नाममा ट्याक्सी मिटर बिक्री तथा मर्मत सेन्टरमा बिक्री गर्ने संचालक दोलखाको तामाकोसी गाउँपालिका–६ का २७ वर्षीय धिरेन्द्र फुयाललाई भन्सार छलि ल्याएका करीव २२ लाख ४० हजार रुपैयाँ मुल्य बराबरका ट्याक्सीमा जडान हुने बिभिन्न सिरियल नम्बरका मिटरहरु २ सय २४ थान सहित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले आइतबार पक्राउ गरेको छ ।
विगत केही समय एता विदेशबाट कार्गो मार्फत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भन्सार छलि ल्याएका ट्याक्सीमा जडान हुने मिटरहरु सो क्षेत्रमा खरिद बिक्री हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न फुयाललाई फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि ब्यूरोले राजस्व अनुसन्धान बिभाग हरिहर भवन, ललितपुरमा बुझाएको नेपाल प्रहरीले बताएको  छ ।

Top Changing Nepal

युट्युब सट्स