८८ केजी सुन बरामद घटनाको थप व्यक्तिहरु पक्राउ
जानकारी केन्द्र
२०७४, आश्विन, ४
काठमाडौं,
काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई सोमबार पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ ।
दार्चुला काँटे गाउँपालिका–३ घर भई काठमाडौं न्यूरोडस्थित रन्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसल संचालन गरी बस्ने ४२ वर्षीय गणेशदत्त बडुलाई १० लाख ८२ हजार रुपैयाँ, भारतीय रुपैयाँ ८ हजार, अमेरिकन डलर १ हजार १ सय, काठमाडौं महानगरपालिका–२५ वाङ्गेमुढास्थित घरमा शाक्य सुनचाँदी पसल संचालन गरी बस्ने ५९ वर्षीय शुभरत्न शाक्यलाई १ करोड ४२ लाख नगद र १ के.जी. २०९ ग्राम सुन साथै चाँदीको सिक्का २ हजार ४ सय ७८ ग्राम सहित र भारत विहार मधुवनी जिल्ला जयनगर थाना घर भई काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्स संचालन गरी बस्ने ५९ वर्षीय सत्यनारायण अग्रवाललाई नेपाली १३ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो । यसैगरी भारत महाराष्ट्र साङली जिल्ला, आठपाडी थाना घर भई हाल काठमाडौं ओटुमा पशुपती सुन चाँदी खार्नी पसल संचालन गरी बस्ने ३८ वर्षीय नन्दकुमार मर्गले र सोही ठाउँ घर भई काठमाडौं ओटुमा सिद्धनाथ सुनचाँदी खार्नी पसल संचालन गरी बस्ने ५८ वर्षीय उल्लास दिनकर सालुखे समेत पक्राउ परेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

