Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

कस्तो रोग हो मधुमेह ? यस्ता छन्, लक्षण र घटाउने १० उपाय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ४
कस्तो रोग हो मधुमेह ? यस्ता छन्, लक्षण र घटाउने १० उपाय

अहिलेसम्म बास्तबिक उपचार पत्ता लागी नसकेको मधुमेह रोगलाई जति सामान्य रुपमा हेरिन्छ यो रोग त्यतिनै जटिल पनि छ । रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । मधुमेह लाई नेपाली चीनी रोग चिनी रोगु भन्छन् ।

मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि ग्रा र डि लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।

मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोमबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा मधुमेह हुने गर्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।

अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।

मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका मोटा एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ । शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् ।

सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान हुँदैन । खानपानमा ख्याल नदिने हो भने यसले झनै ठूलो असर पार्छ । यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।

मधुहेको लक्षण
—थकान लाग्ने
—तिर्खा धेरै लाग्ने
—मधुरो देख्ने
—चोट लागे हतपती निको नहुने
—छिनछिनमा पिसाप लाग्ने
—यौन क्षमता कमि आउने
—तौल अचानक घट्ने
—यौनाङगमा संक्रमण हुने
—चाडो भोक लाग्ने
—खुट्टा झमझमाउने

मधुमेह घटाउने १० उपाय

१, नियमित व्यायाम
नियमित व्यायामले तौल घटाउन सहयोग गर्नुका साथै इन्सुलिनको तीब्रता वृद्धि गर्छ । इन्सुलिन तीब्रताको अर्थ तपाईको शरीरको ब्लडस्ट्रिममा पर्याप्त सुगरको उपयोग गर्ने भन्ने अर्थ लाग्छ । व्यायामले तपाइको मांसपेशीलाई उर्जाका लागि ब्लड सुगर उपयोग गर्न सहयोग गर्छ । तौल उचाल्ने, फटाफट हिड्ने, दौडने, वाइकिङ, नाच्ने, हाइकिङ, स्विमिङ जस्ता व्यायामले ब्लड सुगर मधुमेह घटाउँछ ।

२, न्यून कार्बोहाइड्रेडयुक्त भोजन
तपाईको शरीरले कार्बोहाइडे«डलाई सुगरमा टुक्रयाउँछ र इन्सुलिनले सुगर बढाउँछ । कार्बोहाईड्रेड पर्याप्त खाँदा वा इन्सुलिनको कार्यमा समस्या आएमा यो प्रक्रिया बिग्रन्छ र ब्लड ग्लुकोजको तह बढ्छ । न्यून कार्बोहाइड्रेडयुक्त भोजनले ब्लड सुगरको तहलाई घटाउँछ र ब्लड सुगर स्पाईकबाट बचाउछ ।

३, फाइबरयुक्त खानेकुरा
तपाईंले खाने फाइबरको प्रकारले पनि शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । दुई प्रकारका फाइबर हुन्छन् । समाधान गर्न सकिने र समाधान गर्न नसकिने । दुबै फाइबर महत्वपूर्ण भए पनि समाधान गर्न सकिने फाइबर ब्लड सुगर न्युन गर्न सिद्ध भएका छन् ।
यसबाहेक एउटा उच्च फाइबर भोजनले ब्लड सुगरलाई नियन्त्रण गरेर टाइप १ डायबिटिज व्यबस्थापन गर्न सहयोग गर्छ । सागसब्जी, फलफुल, सिमी र गेडागुडीमा फाइबर पाइन्छ । दिनहुँ महिलाले २५ ग्राम र पुरुषले ३८ ग्राम फाइबर खानुपर्छ ।

४, पानी पिउने
ब्लड सुगर न्युन गर्न हाइड्रेसन एउटा महत्वपूर्ण शर्त हो । डिहाइड्रेसन हुँदा भासोप्रेसिन नाम गरेको हर्मनले कलेजोमा व्लड सुगर उत्पन्न गरी यसको तह वृद्धि गरिदिन्छ । नियमित पानी पिउँदा रगतलाई रिहाइड्रेड गर्छ, ब्लड सुगरको मात्रा न्यून गर्छ र डायबिटिजको खतरा घटाउँछ । तर चिनीको मात्रा भएको पेय पर्दाथले ब्लड ग्लुकोज बढाउने, तौल वृद्धि गर्ने र डायबिटिजको जोखिम बढाउँछ ।

५, खानाको मात्रा नियन्त्रण
खाना नियन्त्रणले शरीरले लिने क्यालोरीको मात्रा पनि घट्छ र तौल घटाउछ । तौल घटाउँदा स्वस्थ ब्लड सुगर प्रबद्र्धन हुने र टाइप टु डायबिटिजको खतरा घटाउन सहयोग पुग्छ ।

६, न्यून ग्लाइसिमिक इन्डेक्स छनौट
कार्बोहाइड्रेडयुक्त खानामा व्लड सुगरको मात्रा मापन गर्न ग्लाईसिमिक इन्डेक्सको अवधारणा आएको हो । न्यून ग्लाइसिमिक इन्डेक्सयुक्त खानाले टाइप १ र टाइप २ डायबिटिजमा हुने दीर्घकालिन ब्लड सुगर तह घटाउछ । न्यून ग्लाइसिमिक सूची भएका खानेकुरा अन्तर्गत समुद्री खाना, मासु, अन्डा, ओट, जौ, गेडागुडी, दाल, सिमी, गुलिया आलु, पिडालु इत्यादि रहेका छन् ।

७, तनाब घटाउने
तनाबले ब्लड सुगरको तहलाई असर गर्छ । अत्यधिक तनाबका कारण ग्लुकागोन र कोर्टिसो नामक खुसी गराउने तत्वहरु हराउने गर्छन् । यस्तो हर्मनले ब्लड सुगरको तहलाई वृद्धि गर्छ । एक अध्ययन अनुसार व्यायाम, खुसी र ध्यानले तनाबलाई घटाउनुका साथै ब्लड सुगरको तह घटाउँछ । योगा र तनाब घटाउने अन्य व्यायामले क्रोनिक डायबिटिजमा इन्सुलिन निस्काशन हुने समस्यालाई सच्चाउछ ।

८, पर्याप्त सुत्ने
पर्याप्त सुत्नु स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कम सुताई र आराम अभावले ब्लड सुगरको तह र इन्सुलिन वृद्धि हुन्छ । जसका कारण भोक बढ्नुुका साथै तौलमा वृद्धि हुन्छ । अनिन्द्राले कोर्टिसलको तह हराउँछ ।

९, क्रोमियम र म्याग्नेसियमयुक्त खानेकुरा
उच्च ब्लड सुगरको तह र डायबिटिज माइक्रोन्युट्रियन्ट डिफिसियन्सीसँग सम्बन्धित हुने गर्छ । कार्बोहाइड्रेड र फ्याट मेटाबोलिजममा क्रोमियम संलग्न हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रण गर्न सहयोग गर्छ । क्रोमियमको अभावले शरीरले कार्बोहाइड्रेड नसहने जोखिम बढ्छ । अन्डाको पहेलो भाग, गेडागुडी, कफी, बदाम, हरिया गेडागुडी, ब्रोकाउली र मासुमा क्रोमियम पाइन्छ ।
म्याग्नेसियमले ब्लड सुगरको मात्रालाई असर गर्ने देखाएको छ । म्याग्नेसियमको अभावले डायबिटिजको उच्च खतरा हुन्छ । गाढा हरियो सागसब्जी, गेडागुडी, माछा, गाढा चकलेट, केरा लगायतका फलमा म्याग्नेसियम हुन्छ ।

१०, स्याउको भिनेगर
स्याउको भिनेगरले स्वास्थ्यमा धेरै फाइदा पु¥याउँछ । यसले ब्लड सुगरको उपयोगलाई बढाउछ र कलेजोले यसको उत्पादन घटाउछ । भिनेगरले फास्टिङ ब्लड सुगरलाई घटाउछ । स्याउको भिनेगरले शरीरले सुगरसँग गर्ने रेस्पोन्सलाई महत्वपूर्ण ढंगले प्रभाव पार्छ र इन्सुलिनको सम्बेदनालाई सुधार गर्छ । तर ब्लड सुगर घटाउने औषधि लिइएको छ भने पहिले चिकित्सकको सल्लाह लिनुहोला ।

नयाँ पेज

Top Changing Nepal

युट्युब सट्स