Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

भाटभटेनीको ट्रायल रुममा सीसी क्यामरा ! समाचार बाहिरीए पछी हटाइयो (फोटो सहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ९
भाटभटेनीको ट्रायल रुममा सीसी क्यामरा ! समाचार बाहिरीए पछी हटाइयो (फोटो सहित)

अपडेट,

काठमाडौँ, ९ असोज। भाटभटेनी सुपर मार्केटको ट्रायल रुमको ठिक माथि पट्टि राखिएको सिसिटिभी क्यामेरा समाचारमा सार्बजनिक भए पछि हटाइएको छ ।

सेप्टेम्बर १९ तारिख सौगात मल्लले ट्वीट गर्दै अनामनगरको भाटभटेनी सुपर मार्केट भित्र ट्रायल रुममा सिसिटिभी क्यामेरा राखिएको भनेर सार्बजनिक गरेका थिए । सिसिटिभी क्यामेरा यस्तो ठाउमा जडान गरिएको थियो जहाबाट जो कोहि लुगा फेर्दा सबै देखिन्थ्यो ।

सामान महँगो मूल्यमा बेचेको, सोना चामल माथि जिरा चामलको स्टिकर टालेर जनतालाई झुक्काएको समाचारहरु बिगतमा पनि आएर बारबार भाटभटेनी सुपर मार्केट बिबादमा आउने गरेको छ । जागरुक नागरिक कै कारण यसरी उनीहरुको कर्तुत जव सार्बजनिक हुन्छ तव भाटभटेनी सुपर मार्केटले आफुलाई सुधार गर्दै लागेको छ । र यो पाली पनि त्यहि भयो । समाचार बाहिरिने बित्तिकै सिसीटिभी क्यामेरा हटाइएको छ ।

Bhatbhateni supermarket (Anamnagar) security camera’s placement is weird. I shot this from the trial room.

फोटो – सौगात आचार्यको ट्विटरबाट

साभार साझा पेज

Top Changing Nepal

युट्युब सट्स