Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

फेसबुक म्यासेन्जरले थप्यो नयाँ सुविधा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १६
फेसबुक म्यासेन्जरले थप्यो नयाँ सुविधा

फेसबुक म्यासेन्जरले प्रयोगकर्ताका लागि नयाँ सुविधा थपेको छ । यो सुविधाको सहयोगले अब एण्ड्रोइडमा म्यासेन्जर चलाउने प्रयोगकर्ताहरूले एउटै डिभाइसबाट एउटा भन्दा बढि म्यासेन्जर अकाउण्ट चलाउन सक्नेछन्। त्यसको लागि म्यासेन्जरको सेटिङ्ग्समा गई ‘न्यू अकाउण्ट’ खोल्न सकिनेछ। साथै यसको लागि फेसबुकको अकाउण्टको समेत जरुरत पर्नेछैन।

यदि तपाईँ आफ्नो गोपनीयताको बारेमा चिन्तित हुनुहुन्छ भने त्यसको लागि पनि फेसबुकले सुरक्षाको उपाय ल्याएको छ। एउटा अकाउण्टबाट अर्को अकाउण्टमा स्वीच गर्नेबेलामा पासवर्ड माग्दछ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ। अर्कै आकाउण्टमा म्यासेज आएको छ भने नोटिफिकेसन आउँदछ, तर तपाईँले पासवर्ड नराखेसम्म सो म्यासेज गोप्य नै बसिरहन्छ।

लोक पथ

Top Changing Nepal

युट्युब सट्स