साउदी अरबको राजदरबारमा गोली चल्यो , तीनको मृत्यु
जानकारी केन्द्र
२०७४, आश्विन, २४
काठमाडौं, २२ असोज —
साउदी अरबको अल–सलाम राजदरबारमा शनिवार एके–४७ राइफल लिएर पसेको एक व्यक्तिले गोलीबारी गर्दा दुई गार्डको मृत्यु भएको छ । पछि अन्य गार्डहरूले उक्त व्यक्तिलाई गोली हानेर मारेका छन् ।
आक्रमणकारी २८ वर्षीय मन्सूर अल–आमरी भएको बताइएको छ । ऊ साउदी नागरिक भएको थाहा भएको छ ।
साउदी अरबको गृह मन्त्रालयको सुरक्षा प्रवक्ताका अनुसार, आक्रमणकारीले राजदरबारको पश्चिमी गेटमा गोलीबारी गरेको थियो । दुई गार्डको मृत्यु भएको थियो भने तीन मानिस घाइते भएका थिए ।
यसैबीच साउदी अरबमा रहेको अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सचेत रहन चेतावनी जारी गरेको छ ।
आक्रमणको कारण थाहा हुन सकेको छैन । तर यसमा इस्लामिक स्टेट आतंकवादी संगठनको हात हुन सक्ने बताइएको छ ।
राष्ट्रिय सुरक्षा नियोगका अनुसार, साउदी प्रहरीले यही हप्ता आतंकवादी संगठन आईएसका केही अड्डामा छापा मारेर दुईजनाले मारेको अनि पााचजनालाई पक्राउ गरेको थियो ।
एजेन्सी/ नमुना नेपाल
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

