वामगठबन्धन फुटाउन चुनाव सार्ने रणनीतिक छलफल
जानकारी केन्द्र
२०७४, कार्तिक, २
काठमाडौं १ कात्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ को चुनाव सार्ने विषयमा रणनीति छलफल सुरु भएको छ । चुनाव सर्दाको घाटा र फाइदा हेरेर चुनाव सार्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल सुरु गरेका छन् । आज सर्वोच्च अदालतबाट आउन निर्णयलाई हरेर कदम चाल्ने स्रोतले जानकारी दिएको छ। मतपत्र छुट्टाछुट्टै बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटले आगामी चुनाव प्रभावित हुने आशंका बढाएको छ ।
अदालतले रिट निवेदकको पक्षमा आदेश दिए तोकिएको चुनावी कार्यक्रम प्रभावित हुन सक्नेमा आयोग पदाधिकारी चिन्तित छन् । प्रधानमन्त्री देउवा भने चुनाव सार्ने पक्षमा निर्णय आए हुन्थ्यो भनिरहेका छन् ।
राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने मागसहित दसैंअगाडि नै रिट हालेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा दुवैका समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै हुनुपर्ने रिटमा दाबी गरिएको छ । चुनाव नसर्दा नेपाली कांग्रेसका ठूलो घाटा लाग्ने र चुनाव सर्दा वाम गठबन्धन भत्किन सक्ने विशेषणसहित सार्ने विषयमा छलफल भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

