इङ्लिस लिग कप, चेल्सीद्धारा एभर्टन पराजित
जानकारी केन्द्र
२०७४, कार्तिक, ९
काठमाडौं, ९ कात्तिक । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एभर्टनलाई हराएको छ । चेल्सीको मैदानमा भएको चौथो चरणको खेलमा घरेलु टोलीलाई २/१ ले विजयी गराउन एन्टोनियो रुडिगर र विलियनले एक–एक गोल गरे ।
एभर्टनका काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए । लिग कपअन्तर्गतकै अर्को खेमला टोटनह्याम हट्सपर भने पराजित भएको छ ।
टोटनह्यामलाई लण्डन शहरकै प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडले ३/२ ले हराएको हो । खेलमा टोटनह्यामका सिसोको र डेले अलीले सुरुवाती दुई गोल गरे ।
तर वेष्ट ह्यामका आन्द्रे आयुले दुई तथा ओग्बोनाले एक गोल गरेपछि टोली विजयी भएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

