ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी
जानकारी केन्द्र
२०७४, कार्तिक, ११
एई, ११ कात्तिक । श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो ।युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुन बाँकी छ । यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

