Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

यस कारण झापामा हिम्सत्मक रुप बढेको थियो, कारबाही को माग गर्दै रानीपोखरीमा पर्दशन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १२
यस कारण झापामा हिम्सत्मक रुप बढेको थियो, कारबाही को माग गर्दै  रानीपोखरीमा पर्दशन

असोज १४

गते विजया दशमीका दिन वेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको शव भोलीपल्ट बिर्तामोड–१ वैसावाडीस्थित झाडीमा भेटिएको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

बालकको मृत्युको अनुसन्धानलाई प्रहरीले गम्भीररुपमा नलिएको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गर्दै आएका थिए भने  प्रशासनले बिर्तामोड क्षेत्रमा कर्फ्यु लगाएको थियो  । आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक हुँदै गएपछि स्थितिलाई सामान्यकीकरण गर्न स्थानीय प्रशासनले बिर्तामोड, मुक्तिचोकको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको  थियो भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको थियो। प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये केहीलाई नियन्त्रणमा लिएको  थियो  ।

सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मृतक बालकका आफन्त र स्थानीयबासी र प्रहरीबीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो भने दर्जनौ घाईते भएका  थिए  ।बालक लक्ष्मण सिवाकोटीकाे हत्याकाे निस्पक्षे छानबिनकाे माग गर्दै मिसन स्मल नेपाल फाउन्डेसन र काठमाडौ जिल्ला कल्ब मिलेर रानिपाेखरी महानगर प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् साथै चाडाे भन्दा चाडाे हत्यारा पत्तालगाई कार्बाहि गर्नु सरकार सँग जाेडदार माग गरेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स