कृष्ण सिटौला गुटलाई देउवाको धोका
काठमाडौं,नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति जितेका शेरबहादुर देउवाले अहिले उनलाई धोका दिएका छन् । सिटौला समूहलाई साथमा लिएर पार्टीको रामचन्द्र पौडेल खेमालाई तह लगाउँदैआएका देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उनीसँग परामर्श नै नगरी उनले निर्वाचन जित्दैआएको झापा ३ नम्बर क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनलाई दिने सहमति गरेका छन् । सिटौलाले २०७० मा निर्वाचन जितेको क्षेत्र उनलाई सोध्दैनसोधी देउवाले राप्रपालाई दिएका छन् । जुन कुराले सिटौला रुष्ट भएका छन् ।
सभापति देउवाले उनलाई समानुपातिकमा राखेका छन् । यद्यपि सिटौलाले प्रत्यक्षमा टिकट नपाए समानुपातिकमा पनि नबस्ने कुरा आफ्ना कार्यकर्ताहरुसँग भन्दैआएका छन् । सभापति देउवाले प्रत्यक्षमा टिकट नदिए सिटौला समानुपातिकमा पनि नबस्ने र केन्द्रीय समिति सदस्यबाट समेत राजीनामा दिएर देशभर कांग्रेसको चुनाव प्रचारमा हिंड्ने तयारीमा रहेको बताइन्छ । देउवाले संसदीय समिति गठनमा पनि सिटौला समूहलाई महत्व नदिएको देखिएको छ ।

सभापति देउवाले सिटौला समूहमा रहेका केन्द्रीय सदस्य गगन थापालाई प्रवक्ता बनाउने आश्वासन दिएर आफ्नो गुटमा ल्याएका छन् । गगनले सिटौलाको साथ स्वास्थ्यमन्त्री भएपछि छाडेका हुन् । महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन र मन्त्री हुँदासम्म उनले सिटौलालाई साथ दिएका थिए । देउवाले २०७० को संविधानसभामा जितेका सिटौला निकट संखुवासभाका तारामान गुरुङ र काभ्रेका शिव हुमागाईलाई समेत यो निर्वाचनमा टिकट दिएनन् । गुरुङले प्रतिनिधिसभाको लागि नपाए पनि प्रदेशसभा माग्दा पनि पाएनन् । जबकि जापानमा बसी अकूत सम्पत्ति आर्जन गरी नेपाल फर्किएको केही बर्षमै संखुवासभामा पैसा खर्च गरी टिकट पाएका दीपक खड्कालाई देउवाले टिकट दिएका छन् । खड्काले देउवापत्नी आरजु देउवालाई ठूलै रकम बुझाएर टिकट लिए, तर जिल्लामा लामो समय राजनीति गरेका र पार्टी सभापति भइसकेका गुरुङले प्रदेशसभामा समेत मौका पाएनन् । यसले गुरुङ जस्ता राजनीतिक योगदान भएकाहरुलाई निराश पारेको छ ।
काभ्रेका शिव हुमागाईले २०६४ मा चुनाव जितेका थिए । तर उनलाई समेत यो पटक टिकट दिएनन् । सिन्धुपाल्चोकबाट हरेक आन्दोलनमा लागेका र जेलनेल भोगेका भोला बोहरालाई पनि कांंग्रेसले यसपटक पनि मौका दिन सकेन । उनलाई पनि सिटौला निकट भएका कारण पाखा पारिएको छ । सिटौला निकट भएकै कारण सिन्धुपाल्चोकका सुदर्शन आचार्य र बलदेव तिमल्सिना समेत टिकटबाट बन्चित भएका छन् । र, सिन्धुपाल्चोकमा बदनाम तस्करहरुलाई कांगे्रसले टिकट दिएको छ ।
सिन्धुपाल्चोकका कांग्रेस नेता भोला बोहराले प्रदेशसभामा समेत टिकट पाएनन् । बोहरालाई नदिएर सिन्धुपाल्चोकमा विवादित ब्यापारीहरु विष्णुबहादुर खत्री र राजेन्द्र श्रेष्ठलाई प्रदेशसभा सदस्यको टिकट दिइएको छ । खत्रीले देउवाको कोटाबाट र श्रेष्ठले रामचन्द्र पौडेलको कोटाबाट टिकट लिएका छन् । संचार मन्त्री मोहन बस्नेतले तस्करहरुको पैसाको बलले चुनाव जित्ने योजनाका साथ उनीहरुलाई टिकट दिएपछि राजनीतिमा लागेका भोला बोहराहरु निस्क्रिय हुन थालेका छन् । रामचन्द्र पौडेलले कृष्ण न्यौपानेलाई प्रदेशसभामा टिकट दिन्छु भनेर आशा देखाएका थिए । तर उनले पनि राजेन्द्र श्रेष्ठबाट आर्थिक सहयोग लिएर न्यौपानेलाई धोका दिएका छन् ।
सिन्धुपाल्चोकमा तस्करहरुलाई टिकट बेचेपछि राजनीतिक आन्दोलनमा लागेका कांग्रेस कार्यकर्ताहरुमा निराशा छाएको छ । अब पैसा हुनेलेमात्र टिकट पाउने भए किन राजनीति गर्नु, सुन तस्करीतिर लाग्नुपर्ने भयो भन्ने टिप्पणी मेलम्ची र चौतारामा हुन थालेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


