देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा
राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली-५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन्।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा पुगेर उम्मेदवारी दर्ता गराए। वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन्। ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार बनेका छन्।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए। प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे। छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन्। यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


