एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा
१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्यो।दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे । ६२ औं मिनेटमा पाएको पेनाल्टीमा नोपालीका फ्रेलो फिल्होले बराबरी गोल फर्काए ।घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे ।

तर, ६९ औं मिनेटमा एग्युरोले गोल गरे । क्लबका लागि उनको यो १७८ गोल हो र, यससँगै उनी म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बनेका छन् ।खेलको इन्जुरी टाइममा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी ४–२ ले विजयी भएको छ । जितसँगै सिटीको ४ खेलबाट १२ अंक भएको छ भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको नापोली समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।दोस्रो स्थानमा रहेको शाख्तर डोनेक्सको ९ अंक छ र समूह चरणको २ खेल खेल्न बाँकी छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


