Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १८
विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले

इशा देवल बलिउडमा खासै नाम चलेकी अभिनेत्री होइनन् । उनको अभिनयमा पनि कुनै दम छैन ।यद्यपि, बोल्ड फोटोहरु सार्वजनिक गरेर उनी बेलाबखत चर्चामा आउने गर्छिन् । हालै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटोहरु सेयर गरिन् । ती फोटोमा उनी टपलेस र न्यूड देखिएकी छिन् । नभन्दै ती फोटोले गर्दा कन्डम उत्पादन गर्ने एउटा कम्पनीको आँखा उनीमाथि पर्‍यो ।

उक्त कम्पनीमा पोर्न फिल्मबाट बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीले ब्रान्ड एम्बेसडरको रुपमा काम गर्दै आएकी थिइन् । तर, उनीसँगको अनुवन्ध तोडेर कम्पनीले इशालाई ब्रान्ड एम्बेसडर बनाउन खोज्यो र प्रस्ताव पनि राख्यो ।तर, इशाको डिमान्ड सुनेपछि कम्पनी हच्कियो । स्रोतका अनुसार इशाले सन्नीले पाइरहेकोभन्दा दोब्बर पारिश्रमिक डिमान्ड गरेकी थिइन् । कम्पनीले उनको डिमान्ड स्वीकार गरेन । बरु सन्नीलाई नै निरन्तरता दिने निर्णय गर्‍यो बलिउडका मुलधारका अभिनेत्रीहरु भने कन्डमको विज्ञापन खेल्न डराउँछन् । वर्षौं पहिले पुजा बेदीले कन्डमको विज्ञापन खेल्दा निकै आलोचना सहनु परेको थियो । तर, हालै मात्र विपाशा बसुले आफ्नो श्रीमानसँग खेलेको विज्ञापनको भने खासै चर्चा भएन ।

Top Changing Nepal

युट्युब सट्स