Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न घरधनीको अल्टिमेटम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, २०
पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न घरधनीको अल्टिमेटम

काठमाडौं,  कात्तिक २० – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उनी बस्दै आएको घरधनीले घर खाली गर्न १५ दिनको अल्टिमेटम दिएका छन् ।ललितपुर महानगरपालिका–४ बागडोल बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेका हुन् ।सूचनामा गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको, घर बहाल र बिजुली महसुलसमेत नतिरी जबर्जस्ती बस्ने बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको उल्लेख छ ।


घरधनी विष्टले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति डा.यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवास खर्च सरकारले नै बेहोर्ने व्यवस्था छ

naima expoTop Changing Nepal

युट्युब सट्स