Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

उद्योग मन्त्री यादवको यस्तो पहल के पुरा होलाता – पढ्नुहोस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, १८
उद्योग मन्त्री यादवको यस्तो पहल के पुरा होलाता – पढ्नुहोस

महेन्द्रनगर– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन्द कारखाना छिट्टै नै सञ्चालनमा ल्याउने बताए ।

जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले जचुकालीमा प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरे ।

मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताए । समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो । “अहिलेको चुनौती संविधान संशोधन हो, संविधान संशोधनको सवालमा वर्तमान सरकारले आवश्यक पहल गर्छ,” उनले भने– “सबैलाई समेटेर संविधान संशोधन हुन्छ ।”

naima expoTop Changing Nepal

युट्युब सट्स