Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

कर्णाली प्रदेशका सांसदहरुले देखाए यस्तो घिनलाग्दो बेबाहर एक महिना नपुग्दै यस्तो काम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, १८
कर्णाली प्रदेशका सांसदहरुले देखाए यस्तो घिनलाग्दो बेबाहर एक महिना नपुग्दै यस्तो काम

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले एक महिना नपुग्दै एक एक लाख खल्तीमा हालेका छन् । संसद सुरु भएको महिना दिन पुगेको छैन, र पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन बन्न नपाउँदै सांसदहरुले पेश्की भन्दै एक एक लाख खल्तीमा हालेर होली मनाउन हिडेका छन् ।
सांसदहरुको मागअनुसार उक्त रकम प्रदेशसभा सचिवालयले उपलब्ध गराएको हो । सांसदहरुले भाकाभक पेश्की बुझिरहेका छन् । अहिलेसम्म ३० भन्दा बढी सांसदहरुले पेश्की रकम खल्तीमा हालिसकेका छन् भने केही लाइनमै छन् ।

सुर्खेतभन्दा बाहिरका सांसदहरुले बस्न गारो भएको भन्दै एक लाख खल्तीमा हालेर डेराको जोहो गर्न हिडको छन् । सुर्खेतमै घर भएका सांसदहरुले पनि एक एक लाख खल्तीमा बोकेर घरमा गएका छन् । प्रदेश बनेपछि केही आश गरेको जनता भने सांसदहरुको दरिद्रता देखेर निराश भएका छन् ।

राजिनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही पनि पेश्की बुझ्न अरुभन्दा अगाडि सचिवालयमा पुगेका छन् । राजिनामाको धम्की दिँदै आएका शाहीले संसदका बैठकमा समेत अनुपस्थित छन् तर पेश्की बुझेका छन् ।

अझ गजब त के भने आवास, यातायातको सुविधा पाएका मन्त्रीहरुले पनि पेश्की रकम बुझेका छन् ।

पेश्की वितरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मात्रै अनुसन्तु जनाएका छन् । उनले सभामुख राजबाहादुर शाहीसँग सुरुमै जनतामा नराम्रो छाप पर्ने भन्दै कँडेलले पेश्की रोक्न माग गरेका छन् तर उनको माग कसैले सुनेका छैनन् ।

Top Changing Nepal

युट्युब सट्स