Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सबै लाई सेयर गर्न आग्रह गर्दै नेपाल आइडल बुद्ध लामाले एपी वान सग यसरि गरे गुनासो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, २५
सबै लाई सेयर गर्न आग्रह गर्दै नेपाल आइडल बुद्ध लामाले एपी वान सग यसरि गरे गुनासो

काठमाडौं, २४ फागुन : पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले घोषित पुरस्कार आठ महिनासम्ममा पनि नपाएको भन्दै आक्रोश पोखेका छन् । गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगदसहित महिन्द्राको केयुभी गाडी पाएका थिए ।

नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी गाडी नपाएको गुनासो गरेका छन् । उनले भनेका छन्, ‘आठ महिना भईसक्यो धाउँदा–धाउँदै दुःख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठ लाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् । घरमा एक रुपैयाँ छैन मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरी बाहिर ल्याउन सकिन्छ सहयोग गरिदिनु पर्‍यो ।’

लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी गाडीसहित १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर, कार भने अझै नपाएको गुनासो गरेका छन् । आइडल विजेता लामाले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलासा गरेका हुन् । उनको सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ ।

बुद्द ले यसो भनेका छन्

https://www.youtube.com/watch?v=rgt8xgOjxCI

Top Changing Nepal

युट्युब सट्स