हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताउने प्रधानमन्त्री ओलीको यस्तो छ योजना
काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हात बाँधेर बस्नको लागि प्रधानमन्त्री नभएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार काठमाडौंको मातातीर्थमा उद्घाटन गर्दे उनले आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
अरुको प्रगति सुनेर बस्ने र कुरा गर्ने दिन अब नभएको भन्दै प्रधानमन्त्री ओलीले आगामी पाँच वर्षभित्र नेपालको कायापलट गर्ने उद्घोष गरे । मुलुक शान्ति र एकताको युगमा प्रवेश गरेको भन्दै उनले मतभेदलाई बिर्सेर मुलुक निर्माणमा एकजुट हुन सबैसँग आग्रह गरे ।
मुलुक लामो द्वन्द्वबाट शान्तिमा प्रवेश गरेकाले अब लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपालमा शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा पनि गरे । देशलाई सर्वोपरी राखेर जनताको हितमा काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन निर्धारित् समयभन्दा ६ महिनाअगाडि नै तयार भएको जनाइएको छ । प्रशिक्षण भवन ३१८ रोपनी क्षेत्रफलमा बनेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


