Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

चैत्र २३ मा यसरि प्रदर्शनमा आउदैछ चलचित्र “तिमी संग” हेर्नुहोस यस्तो छ गित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, चैत्र, ७
चैत्र २३ मा यसरि  प्रदर्शनमा आउदैछ चलचित्र “तिमी संग” हेर्नुहोस यस्तो छ गित

कोरीबाटी, चैत्र ७ / चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र “तिमी संग“को टाइटल गित बुधबार राजधानीको राइजिंग मलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मधुर भट्टाचार्य र राहुल मुखर्जीको स्वरमा रहेको गीतमा  राहुल मुखर्जी आफैले संगीत भरेका छन् ।

यस अघिनै ‘न मेरो चन्चले‘ र ‘लडे लडे‘ बोलको गीत सार्वजनिक भैसकेको छ, जसमध्ये ‘लडे लडे’ले दर्शकको मन पनि जित्न सफल भएको छ ।

चलचित्रमा नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । निर्देशक शिशिर राना निर्देशित चलचित्र “तिमी संग“लाई शिशिर आफैले लगानी गरेका छन् ।

चलचित्र “तिमि सँग“मा शुशील क्षेत्रीको छायाँकन, नबिन पुरीको निर्माण नियन्त्रण, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

भिडियो :

 

Top Changing Nepal

युट्युब सट्स