Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

राष्ट्रकवि घिमिरे उपचारपछि स्वदेश फिर्ता, पुनः साहित्यमा सक्रिय हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, जेष्ठ, १९
राष्ट्रकवि घिमिरे उपचारपछि स्वदेश फिर्ता, पुनः साहित्यमा सक्रिय हुने

जेठ १९, काठमाण्डौ राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचार पछि स्वदेश फर्किका छन् ।केही दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि राष्ट्रकवि घिमिरेलाई भारतको मेदान्त अस्पताल लगिएको थियो । आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई मेदान्त अस्पताल लगिएको थियो ।

उनानसय वर्षीय घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज स्वदेश ल्याईएको हो । घिमिरेले आफ्नो उपचारका लागि नेपाल सरकारले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् ।

आफ्नो स्वास्थ्य सुधारका लागि पहल र प्रार्थना गरिदिने सबैलाई घिमिरेले धन्यवाद दिएका छन् । अझै पनि साहित्य र कलामा पुर्णरुपमा लाग्न सक्ने घिमिरेले बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स