जिप दुर्घटनामा ३ को मृत्यु, ५ जना गम्भीर घाइते
जानकारी केन्द्र
२०७५, जेष्ठ, २४
जेठ २४, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालक र पति पत्नी सहित ३ जनाको मृत्यु भएको छ ।
बुधबार भाँडेबगर बाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं रहेका छन् ।
जीपमा जम्मा ८ यात्रु सवार रहेको जनाएको छ । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


