‘पण्डित बाजेको लौरी’लाई उत्कृष्ट प्रतिक्रिया
काठमाडौँ
शुक्रबार देखि अलनेपाल रिलिज हुने सिनेमा ‘पण्डित बाजेको लौरी’को बुधबार केएल टावर स्थित एफ क्युब सिनेमा घरमा प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमालाई उत्कृष्ठ प्रतिक्रिया मिलेको छ । सिनेमा हेरेका अधिकांश दर्शकले नायिका सन्धया केसीको अभिनयको तारिफ गरेका छन् ।
फरक कथावस्तुमा निर्माण गरिएको सिनेमालाई दिपक ओलीले निर्देशन गरेका हुन् । उपस्थीत पाहुना र मिडियाकर्मीले दिएको प्रतिक्रियाले आफु सन्तुष्ट रहेको निर्देश ओलीले बताए ।सिनेमाले समाजमा आफुलाई ठुलो जातको संझने पडिण्त र बदिनीको कथालाई उठान गरिएको छ । सिरियस कथा कस्तुलाई निर्देशकले कमेडी शैलीमा सिनेमालाई प्रस्तुत गरेका छन् । नेपाली सिनेमाले आजसम्म नउठाएको कथाबाट दर्शकले हाँस्दा हाँस्दै एउटा राम्रो सन्देशले निर्माण टिमको विश्वास रहेको छ
सिनेमा ‘पण्डित बाजेको लौरी’मा दुई अर्थ लाग्ने शब्द धेरै प्रयोग गरिएका छन् । तर, ती शब्द भल्गर नलाग्ने प्रतिक्रिया पत्रकारहरुले दिएका छन् । सिनेमामा प्रविण खतिवडा, भोलाराज सापकोटा, बिजय बराल, सन्ध्या केसी, मरिष्का पोखरेल, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ ।सिनेमालबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि नायिका केसीको आँखाबाट आँशु झरेको थियो । सिनेमालाई थमनकुमार भण्डारीले निर्माण गरेका हुन् । सिनेमामा कथा, पटकथा तथा संवाद महेश दवाडीको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


