चलचित्र ” भैरे” लाइ दर्शकको राम्रो साथ
काठमाडौँ,
काठमाडौंका २० हलमा बक्सअफिस लागू भएको तेस्रो दिन अर्थात् शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘भैरे’ ले घरेलु बजारमा सुखद सुरुवात गरेको छ । । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् ।
मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।
शनिवार दिउँसो २ बजे फिल्मका कलाकार बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, जान्हवी बोहरा, बाल कलाकार अनुभव रेग्मीसँगै निर्देशक एभरेष्ट सूर्य बोहरासहितको टीम राजधानीको गोपीकृष्ण हल पुग्दा कृष्ण र मिरा हलको सबै टिकट विक्रि भइसकेका थिए ।
हल पस्न लागेका र फिल्म हेरेर बाहिरिँदै गरेका दर्शकले आँखा सामुन्ने पर्दाका कलाकार देख्दा ताली बजाउँदै न्यानो स्वागत गरे । बाल कलाकार अनुभवलाई ‘नाई नभन्नू ल’ को ‘फुच्चे’ भन्दै सेल्फी खिच्न दर्शकको भीड थेगिसक्नु थिएन ।
दयाहाङ र अभिनेत्री सुरक्षा पन्त भने हलमा देखिएनन् । फिल्म हेरेर निस्किएका अधिकांशले ‘भैरे’ को बारेमा राम्रो बोलेका छन् । फिल्मको उठाएको विषयवस्तु मन परेको धेरैको प्रतिक्रिया थियो ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


