डा केसीले तोडे अनशन , सरकारसँग यस्तो सहमति
काठमाडौँ ,
२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। सरकार र डा. गोविन्द केसी बीच २२ बुँदे सहमति भएको छ । बालुवाटारमा भएको बैठकमा दुवै पक्षबीच सहमति भएपछि हस्ताक्षरका लागि सरकारी वार्ता टोली शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा पुगेका छन् ।
यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । डा.केसीको केदारभक्त माथेमा र सुवासचन्द्र नेमाङले जुस खुवाएर अनसन तोडेका छन् । चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट पछि हटेपछि डा. केसी अनसन बसेका थिए । सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने र खोलिसकेको अर्थात पूर्वाधार पुरा गरेको हकमा सम्बन्धित धनीले बेच्न चाँहेमा सरकारले किन्ने छ। त्यस्तै, बाहिर जिल्लामा जान चाह्यो भने सहुलियत दिनेछ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

